बानेश्वर थापागाउँस्थित पार्किङ गरिरहेको भ्यानमा आगजनी

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष १८ गते।

बानेश्वर थापागाउँस्थित पार्किङ गरिरहेको भ्यानमा आगजनी भएको छ।शुक्रबार बिहान तीन बजे राम बहादुर ठकुरीको बा ८ च ९६४४ नम्बरको भ्यानमा आगलागी भएको प्रहरीले जनाएको छ।भ्यानको अगाडिका सिट र अन्य केही भागमा जलेको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए। आगलागी भएको खबर पाउने बित्तिकै प्रहरी घटनास्थलमा पुगेर नियन्त्रणमा लिएको थियो।भ्यानमा आगो लगाइएको हो कि लागेको हो भन्नेबारे थप अनुन्धान भइरहेको डिएसपी रेग्मीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *