अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष १८ गते।
महानगरीय अपराध महाशाखाले ज्यान मार्ने मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको छ। धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-५ घर भइ काठमाडौंको नयाँ बजारमा बस्दै आएका राते भन्ने सुजन श्रेष्ठलाई पक्राउ गरेको एसएसपी सहकुल थापाले जानकारी दिए।उनि प्रहरी इन्काउन्टरमा मारिएका दिनेश अधिकारी ‘चरी’ समूहमा रही आपराधिक गतिविधि गर्दै आएको प्रहरीले दाबी गरेको छ। उनीहरूको समूहले गत चैत १८ गते काठमाडौंको ठमेलमा विष्णु कठायतलाई आक्रमण गरेका थिए।सोही घटनामा संलग्न रहेका अजय गुरुङ भने फरार छन्।