त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित दुई जना भारतीय पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष १८ गते।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित  दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारत महाराष्ट्रका नविन गोपी चन्द र भरत सुरेशलाल छन् ।उनीहरुले मलद्वारमा लुकाएर सुन ल्याएको प्रमुख भन्सार अधिकृत विष्णुराज ढकालले अनलाइनखबरलाई बताए । ‘तरल बनाएर मेटल डिटेक्टरले पनि काम नगर्ने गरी ल्याइएको रहेछ’, उनले भने ।यूएईबाट आएका उनीहरुले लुकाएको सुन पत्ता लगाउन काठमाडौं मेडिकल कलेजमै लगेर एक्सरे गर्नुपरेको थियो ।यसअघि मंगलबार पनि यही शैलीबाट ल्याइएको आधा किलो सुनसहित महाराष्ट्रकै हरिराम नेपाली पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *