मेयर लालकिशोर साहको कार्यकक्षमा ढोका थुनेर पत्रकारमाथि कुटपिट

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, पौष २२ गते।

मेयर लालकिशोर साहको कार्यकक्षमा ढोका थुनेर पत्रकारमाथि कुटपिट भएपछि जनकपुर उपमहानगरपालिकामा तनाव उत्पन्न भएको छ । जानकी मन्दिरको जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि प्रतिक्रिया लिन पुगेका पत्रकारहरूलाई मेयर साहको कार्यकक्षमा ढोका थुनेर कुटपिट गरिएको हो ।पत्रकारहरू अरकान्त अमर, विकास साह, राजा झा, सुमित मिश्र, सुवास कर्ण र शत्रुधन यादवमाथि कुटपिट साथै रिपोर्टिंग गर्न गएका पत्रकारको क्यामरा र मोबाईल समेत खोसेका छन्।‘मेयरले गुण्डा लगाएर हेल्मेट र पाइपले कुटे,घटनापछि मेयर साहको कार्यकक्षबाहिर तनाव छ । पत्रकारहरूले एकजुट भएर विरोध जनाइरहेका छन् । प्रहरी समेत घटनास्थलमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *