धनगढीमा आजदेखि बिहान तीन घण्टा दैनिक उपभोग्य पसलहरु खुल्ने

अनलाईन न्युजपाटी धनगढी, समाचारदाता,चैत्र २२गते।

खरीदका नाममा बजारक्षेत्रमा दिनभरी मान्छेको चहलपहल रोक्न बिहान तीन घण्टा मात्र पसल खोल्न दिने निर्णय गरिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले अनलाईन न्युजपाटीलाई बताए ।

उनले भने दुग्धजन्य, किराना, मासुजन्य पसलहरु बिहान ६ देखि ९ बजेसम्म खुल्नेछन् भने बाँकि अन्य कुनै पनि पसल खोल्न पाईने छैन । धनगढी उपमहानगरपालिकासंगको समन्वयमा उक्त निर्णय केही दिन यो मोडालिटीमा पसल खोल्न दिने निर्णय गरेका छौ । यो मोडालिटी प्रभावकारी नभए केही दिनपछि पूर्ण रुपमा पसल बन्द गर्ने गर्नेछौ । केहीदिनपछि पसलहरु पूर्ण रुपमा बन्द गरेर घुम्ती पसल मार्फत जनताको दैनिक उपभोग्यको मागलाई पूर्ति गर्नेछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *