अनलाईन न्युजपाटी वीरगंज समाचारदाता,बैशाख ०३ गते।
विश्व भरी फैलिएको कोरोनाको माहामारीको कारण गरिब निमुखा र दैनिक ज्यालादारी गरि जिबिका निर्वाह गर्नेहरुलाई राहत बितरण् गर्न प्रदेश सरकार र बिरगंज महानगरपालिकाले राष्ट्रिय पार्टिहरुको सर्बदलिए समिति बनाइ राहत बितरण गर्न निर्देशन दिएको हो।
अलौ १७ का वडा अध्यक्ष र सचिवको मिलोमतोमा प्रदेश सरकार र बिरगंज महानगरपालिकाको निर्देशन बिपरित राष्ट्रिय पार्टी बिनाको सर्वदलिय समिती बनाएको छ। आफ्नो आसेपासेलाई राखी बनेको सर्बदलिए समितिको औचित्य नहुने स्थानीय नेता कृष्णदेव यादवले अनलाईन न्युजपाटीलाई बताउनुभएको छ।
यस्तो बनेको सर्बदलिएको कुनै मान्य नहुने स्थानिए, ने.क.पा.,नेपाली काङ्ग्रेस, रा.ज.पा र यी सबै मिलि बनेको सर्बदलिय समितिका अध्यक्ष अमोद यादवले बताएका हुन। अलौ १७ मा राहत बितरणमा पनि व्यापक चलखेल भएकोले सम्बनधित निकायको ध्यान जाओस भनि सर्बदलिए समितिका अध्यक्षले अनुरोध गरेको र साथै नगर प्रमुखलाई विशेष आग्रह गरिएको बताईएको छ।