अनलाईन न्युजपाटी कृष्णा यादब, वीरगंज, समाचारदाता, बैशाख ०८ गते।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ श्रीसियाका एक युवक मृत अवस्थामा फेला परेका छन । श्रीसिया स्थित नगर बिकाशको जग्गामा आज बिहान २६ बर्षिय रवि पटेल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । हिजो राती साढे ८ बजे पेट दुखेको भन्दै घरबाट औषधी किन्न निस्केका पटेलको शव आज बिहान साढे पाँच बजे स्थानियले हेरेपछि प्रहरीलाई खबर गरेका थिए । पटेलको मुखमा रगत देखिएको र घाँटी तौलियाले बेरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतकका बुवा मनोज पटेलका अनुसार छोराको हत्या गरिएको दावि गरेका छन । पर्सा प्रहरीले सो ठाऊमा पुगि मुचुलका उठाई र मृत फेला परेको पटेललाई पोष्टमार्टमको लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले बताउनु भयो ।