अनलाईन न्युजपाटी कृष्णा यादव, बीरगन्ज समाचारदाता बैशाख १७ गते
वीरगंज महानगरपालिकाको वडा १७ अलौमा वडा अध्यक्ष वाहेक विभिन्न राजनीतिक पार्टीहरुको सर्बदलिय समितिले मंगलबार तेस्रो चरण को राहत वितरण गरेको थियो ।
विभिन्न दाताहरुबाट खाद्यान्न सहयोगमा लिएर अलौका अति गरिब, निमुखा, दैनिक ज्यालादारी गरि खादै आएको हात मुख जोडन समेत अप्ठ्यारो हुने, वडा कार्यालय को राहत वितरणबाट बन्चितहरुको लाई राहत वितरण गरिएको साहले वताउनु भयो । साहका अनुसार राहतमा चामल १० कि लो, दाल ग्राम, तेल आधा लिटर, २५० ग्राम सोयाबिन र एक प्याकेट नुन वितरण गरिएको हो ।
जिल्ला समन्वय समितिका पर्साका सदस्य अमोद यादवको अध्यक्षतामा दय र सर्बपक्षीय समितिले तेस्रो चरणको राहत वितरण गरेको स्थानिय अजय साहले वताउनु भयो । लामो लकडाउनमा समस्यामा परेका वडा अन्तर्गतका एक घरदुरीलाई राहत वितरण गरिएको साहले जानकारी दिनुभयो ।
सर्बदलिय उप समितिले सिफारिस गरेको गरिब निमुखाहरुलाई राहत दिने निति अनुसार तेस्रो चरणमा राहत वितरण गरिए को हो । राहत वितरण गरर्ने सर्बदलिय समितिमा नेकपा अलौका ईकाइ अध्यक्ष गङ्गाधर महतो, किसुनदेव यादव, नेपाली कांग्रेसका ओम कृष्ण लामिछाने, जनता समाजवादी पार्टीका राजबन्शी साह कानु, राप्रपाका सुमेश्वर नाथ उपाध्याय, युनिभर्सल युनाइटेड कल्बका अध्यक्ष राजेश पटेल लगायतका रहेका छन् ।
राहत वितरणमा स्थानिय सन्जु छत्कुली, किशुन देव यादव, छोटेलाल साह, हरिनारायण यादव, अजय साह, जादो लाल सहनी, शैलेन्द्र उपाध्याय, जयराम साह कन्वर लगायतकाले सहयोग गर्दै आएका छन् । यसरी नै राहत वितरण कार्य अझै २/३ दिन सम्म चल्ने सर्बदलिय समितिले जनाएको छ ।
महानगरपालिकाबाट वडा कार्यालय मार्फत हुने राहत वितरणमा वडाध्यक्षले एकलौटी र काखापाखा गरे पक्षि त्यहाँका राजनितिक दलका नेताहरु सर्बदलिय भेला गरी सर्बदलिय समिति गठन गरी राहत वितरणमा सक्रिय भएका हुन् । यस अघि पनि दुई पटक अलौमा यो समितिले राहत वितरण गरि सकेको छ ।