बारा र पर्सा जिल्लामा तीन जनामा कोरोना भाइरसके संक्रमणको पुष्टि

अनलाईन न्युजपाटी कृष्णा यादव, बीरगन्ज समाचारदाता बैशाख १७ गते

बारा र पर्सा जिल्लामा तीन जनामा कोरोना भाइरसके संक्रमणको पुष्टि भएको छ । बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका जितपुरको मस्जिदमा रहेको  दुई  र पर्साका एक जनामा पोजेटिभ आएको हो । तीन जना यसअघि भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए । आइतबार वीरगञ्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरूमध्ये वीरगञ्ज एक त्यही धार्मिक सभामा सहभागी भएका थिए । उनीहरूको प्रत्यक्ष सम्पर्कमा रहेकाहरूको खोजी गरेर ९४ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरूमध्ये तीन जनाको रिपोर्ट पोजेभिट आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *