अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ १८ गते
विश्वमा महामारीको रुपमा रहेको कोरोना संक्रमण नियन्त्रणका लागि सरकारद्धारा गरिदैं गएको लकडाउन हटाउन चौतर्फी बिरोध एबम अनुरोध हुन थालेको छ । विभिन्न चरण गरि लम्बिदैं गएको लकडाउन फेरि लम्बाउने सरकारले आज गरेको निर्णय पछि पत्रकार रोजी ढकाल पराजुलीले यसको बैकल्पिक व्यवस्था गर्न सरकारसंग अनुरोध गरेकि छिन् ।
पत्रकार पराजुलीले आफ्नो समाजिक संजाल फेसबुकमा ” लकडाउन निर्णय ! लकडाउन खुकुलो पार्दै जानु पर्छ किनकि मर्न कसैलाई रहर हुदैन । जनता आफैं सचेत भइ सुरक्षित अपनाएर काम गर्नेछन नत्र अनिकाल लागेर मर्ने अवस्था सुरु हुनेछ ।” लेखेकि छिन् ।
नेपाल टेलिभिजन कार्यक्रम समृद्धि तर्फ हाम्रो यात्रा कि प्रस्तोता रोजी पराजुलीले अनलाईन न्युजपाटी संग कुरा गर्दै ” लकडाउन आफ्नो ठाउँमा उचित विधि होला तर सबै थोक होइन !
भाइरस नियन्त्रण र प्रभावित समुदायमा यथेष्ट कीट, औषधि, ब्यबस्थापन बिनै बढाइएको लकडाउनले अर्थतन्त्र धराशयी पार्ने छ तसर्थ बिकल्प पनि खोज्ने कि !” बताए कि छिन् । पत्रकार पराजुलीले ” जनता नै देशका सम्पत्ति भएको र सोहि जनताको दुख दर्द र भावनाको सम्मान नभएको ।” भन्दै यथा सक्दो देश को अर्थ तन्त्रलाई समेत जोगाउन लकडाउनको बैकल्पिक व्यवस्थापनमा सरकारले जोड दिनु पर्ने बताईन ।