अनलाईन न्युजपाटी, काठमाडौँ,समाचारदाता, असार २० गते।
गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशको कुल संक्रमित संख्या १ हजार ७९ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयल प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको छ । निर्देशनालयका अनुसार पोखरा महानगरपालिकामा २ पुरुष थपिएका छन् ।
यस्तै बागलुङको बरेङ र ढोपाटनमा पनि २ पुरुष संक्रमित थपिएका छन् । यसैगरी म्याग्दीको रघुगंगामा २ र मंगलामा १ गरि ३ पुरुष संक्रमित थपिएका छन् ।

त्यस्तै स्याङ्जा र तनहुँमा २ जनामा कोरोना भेटिएको छ । कोरोना पुष्टि हुनेमा स्याङ्जा पुतलीबजारका ३८ वर्षीय र तनहुँ भिमादका ३६ वर्षीय पुरुष छन् ।
संक्रमितहरु सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।