अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, साउन ४ गते
प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ३ रुमालेस्थित भिंगृ–स्वर्गद्धारी सडकखण्डमा शनिबार राति लु २ त ४२३४ नम्बरको ट्याक्टर झन्डै ५०० मिटर तल खसी दुर्घटना भएको थियो।
सो ट्रयाक्टर दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान भएको छ । मृत्यु हुनेमा रोल्पा रुन्टिगढी गाउँपालिका–५, वाईजाका अन्दाजी २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठा मगर, १९ वर्षीय थमन बाठामगर, गोर्वधन बुढामगर, २५ वर्षीय कविराम बस्नेत रहेका छन् । त्यस्तै, ट्रयाक्टर चालक त्रिवेणी गाउँपालिकाका अन्दाजी २५ वर्षीय कमल कुँवरको पनि मृत्यु भएको छ ।