अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता, साउन ५ गते।
मोरङको उर्लाबारीमा भएको एउटा चोरीको घटनामा संलग्न रहेको आरोपमा बाबु छोरालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–३ सालबारी बस्ने ५५ वर्षीय मुगु उराउ र उनकै छोरा सुनिल उराउ रहेका छन् ।
उर्लाबारी नगरपालिका–३ मंगलबारे टोलका अम्बिाकाप्रसाद रिजालको घरमा चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको छ।
रिजालको घरमा साउन १ गते बिहान ३ बजेतिर चोरी भएको थियो । प्रहरीका अनुसार रिजालको घरबाट ओप्पो र सामसुङका मोबाइल सेट, चाँदीको पाउजु, सुनका गहना, काँसका थाल तथा लत्तापकडा चोरी भएपछि अनुसन्धान अघि बढाउने क्रममा घटनामा बाबु छोराकै संलग्नता रहेको देखिएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले उराउको घरबाट चोरी भएका सामान बरामद भएपछि बाबु छोरालाई नै पक्राउ गर्दै चोरी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।