आफ्नै भान्जाको हत्या गर्ने मामा १३ बर्षपछि पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, साउन ५ गते।

आफ्नै भान्जाको हत्या गर्ने मामा १३ बर्षपछि पक्राउ परेका छन् । ११ बर्षीय रोहित गुप्ताको अपहरणपछि  २०६४ सालमा  हत्या गरेका थिए । रोहितको स्थायी घर भारतको बिहार प्रान्तस्थित मुजफ्फरपुर जिल्ला हो।

महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले गुप्तालाई सर्लाही मलंगवा-८ गोरखकालीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यसबेला भान्जा रोहितलाई अपहरण गरी उनका बाबु बासुदेव गुप्तासँग राजेशकुमार र उनका साथी धादिङका विष्णु सुनारले फोन गर्दै दुई लाख ५० हजार फिरौती रकम मागेका थिए।

फिरौती रकम नपाएपछि उनीहरूले खिचापोखरीस्थित भाडामा लिइएको कोठामा रोहितको हत्या गरी कमलादीस्थित सडकपेटीमा प्लाष्टिकको बोरामा पोको पारी फालेको अवस्थामा रोहितको शव फेला परेको थियो ।

महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले पक्राउ परेका राजेशकुमारलाई म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *