बुधबार देश भर कस्तो रहला मौसम, कुन-कुन स्थानहरुमा वर्षाको सम्भावना ?

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन २१ गते

मनसुनी  न्युन  चापीय  रेखा  हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ । देशभर आंशिक देखि सामान्य बदली रहेको छ।

बुधबार दिनभर  मौसम पूर्वानुमान

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली  रही  केही  स्थानहरुमा मेघगर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना  रहेको छ । प्रदेश १, प्रदेश २, बागमती  प्रदेश  र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

बुधबार राती

देशका अधिकांश भू-भागमा सामान्य वदली  रही  थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केही स्थानहरुमा मेघगर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती  प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षा समेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुमा आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम बिज्ञान बिभाग ले सतर्कता अपनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *