अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन २१ गते
विश्व महामारी कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ। वर्ल्डो मिटर्सका अनुसार बुधबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ लाख ४ हजार ३६५ पुगेको छ ।

विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या भने एक करोड ८७ लाख भन्दा बढी पुगेको छ । कुल सङ्क्रमितमध्ये एक करोड १९ लाख १५ हजार ३३१ जना उपचारपछि घर फर्किएका छन् ।
बिगत २४ घण्टामा मात्रै विश्वभर २ लाख ५४ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने ६ हजार २ सय ७७ जनाको मृत्यु भएको छ ।
अमेरिकामा अहिलेसम्म १ लाख ६० हजार २७६ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या भने ४९ लाख १८ हजार २४० पुगेको छ ।
ब्राजिलमा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २८ लाख ८ हजार ७६ पुगेको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या ९६ हजार ९६ पुगेको छ ।
भारतमा अहिलेसम्म १९ लाख ६ हजार बढी संक्रमित भएका छन् । कोरोनाका कारण ३९ हजार ८२० जनाको ज्यान गएको छ ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । संक्रमितमध्ये १५ हजार २६ जना पूर्णरूपमा निको भएका छन् भने ५८ जनाको ज्यान गएको छ ।