अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, साउन २१ गते
भर्खर प्राप्त जानकारी अनुसार जानकी मन्दिरका महन्त सहितको टोलि केहि बेर अघि सकुसल अयोध्या पुगि सक्नु भएको छ ।

भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा आज हुन लागेको एतिहासिक राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुन जनकपुरधामबाट जानकी मन्दिरका महन्तसहितको टोलि चाँदीका इँटा बोकेर त्यसतर्फ प्रस्थान गरेको थियो ।
जनकपुरधामस्थित जानकी मन्दिरका महन्त रामतपेश्वर दास जनकपुरको माटो र चाँदीका इँटा लिएर मंगलबार भारतको अयोध्याका प्रस्थान गरेका थिए ।
रामको ससुराली जनकपुरधामबाट चाँदीका ५ वटा इँटा र जनकपुरधामको माटो भगवान रामको मन्दिर शिलान्यासका लागि प्रदान गरिने बताए । प्रत्येक इँटा एक किलो चाँदीबाट तयार पारिएको छ।
जानकी मन्दिरका महन्त रामतपेश्वर दासको टोली प्रशासनको अनुमति लिएर जटही नाकाबाट मंगलबार बेलुकी ५ :०० बजे भारत प्रवेश गरेको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समयअनुसार बुधबार दिउँसो एक बजे अयोध्यामा भगवान रामको मन्दिर शिलान्यास गर्ने कार्यक्रम छ ।