लेबननको राजधानीमा बेइरुतमा ठूलो विस्फोटनमा कम्तीमा ७० को मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन २१ गते

लेबननको राजधानीमा बेइरुतमा  ठूलो विस्फोटनमा कम्तीमा ७० को मृत्यु, लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७० जनाले ज्यान गुमाएको छ भने चार हजार भन्दा बढी घाइते भएका छन्। एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताइरहेका छन्।

त्यहाँ २ हजार ७ सय ५० टन विष्फोटक पदार्थ नाइट्रेट रहेको थियो । अमोनियम नाइट्रेट विस्फोटन हुन सक्ने गुण भएको रसायन हो। राष्ट्रपति आउनले सुप्रीम डिफेन्स काउन्सिलको बैठकपछि त्यस्तो ट्वीट गरेका हुन।

विस्फोटनको कारण पत्ता लगाउन अनुसन्धान जारी राखिएको जनाइएको छ। विस्फोटमा परि घाइते हरुले अस्पतालहरू भरिएका छन् भने कैयौँ भवनहरू ध्वस्त भएका छन्।

लेबननको राष्ट्रपति ले भने अमोनियम नाइट्रेट खतरनाक गोदाममा सन् २०१४ देखि त्यहाँ रहेको बताइएको छ। विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो।

सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनु केही समय अगाडि उक्त ठूलो विस्फोटन भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *