अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता, साउन २८ गते
धनगढीमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर १४ फुलबारी(सी) गाउँका अन्दाजी ४५ वर्षीय अमरबहादुर चन्दको प्रहरी हिरासतमा मृत्यु भएको हो।
मदिरा सेवन गरी घरमा झगडा गरेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि मंगलबार राति ३ बजे सीमा प्रहरी चाैकी फुलबारीले उनलाई नियन्त्रणमा लिएको थियो।
त्यसपछि उनलाई प्रहरीले हिरासतमा राखेको बताइएको छ। तर, बुधबवार विहान शौचालयमा उनको मृत्यु भएको सीमा प्रहरी चौकि फुलबारीले दावी गरेको छ। यद्यपी उनको केकति कारणले मृत्यु भएको भन्ने खुल्न बाँकी रहेको छ।
सोही अनुन्धानका लागि अहिले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक प्रतिक विष्टको टोली फुलबारी जाँदैछ। चन्दको शव भने पोष्टमाटमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।