अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ९ गते
सोमबार राति च्टयाङ लागेर घाइते भएका २२ वर्षीय लोकेन्द्र चन्द गम्भीर घाइते भएका थिए। कञ्चनपुरको बेलौरी नगरपालिका-१ बैशाखीमा चट्याङ लागेर तिनै जना घाइते भएका थिए ।
गम्भीर घाइते भएका लोकेन्द्र चन्द कैलालीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जानकारी दिए।
उक्त घटनामा २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाही घाइते भएका छन्। उनीहरुको पनि निसर्ग अस्पतालमा उपचार भैरहेको छ।
घर नजिकै रहेको राधाकृष्ण मन्दिरमा बसेर तीनै जनाले मोबाइल चलाउँदै गर्दा राति करिब ८:२५ बजे चट्याङ लागेको बताइएको छ।