अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ९ गते
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ८५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ३३,५३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभयो ।
अहिलेसम्म निको हुनेको संख्या १९,११९ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।