नेपालमा कोरोना भाइरसबाट थप सात जनाको मृत्यु

 अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ९ गते    

नेपालमा आज थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

आज सात जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज काठमाडौंका ३ तथा सिरहा, पर्सा, धनुषा, र रुपन्देहीका १–१ जना गरी ७ जना कोरोनाबाट ज्यान गएको जानकारी दिए । योसँगै देशभर मृतकको कुल संख्या १६४ पुगेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *