अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ९ गते
गत २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड–१९ का २३२ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा कोरोनाभाइरसका २३२ सङ्क्रमितको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका मंगलबारको प्रेस ब्रिफिङ्को क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकाको तीन जिल्ला काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ गरी २३३ जना सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।