विश्वमा दुई करोड ४० लाख भन्दा बढी कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ १० गते

विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख ३९ हजार पाँच सय २० जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या विश्वमा दुई करोड ४० लाख ४२ हजार ६९५ पुगेको हो । विश्वमा कोरोनाका कारण आठ लाख २२ हजार चार सय ९९ जनाको मृत्यु भएको छ । एकै दिन पाँच हजार आठ सय नौ जनाले ज्यान गुमाए ।

एक करोड ६५ लाख ९१हजार ३३८ जना उपचारपछि निको भएर घर फर्किएको वाल्डोमिटरले जनाएको छ । ६६ लाख २९ हजार तीन सय ९४ जना उपचाररत रहेकोमा ६१ हजार सात सय १० जनाको अवस्था गम्भीर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *