अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ९ गते
धनगढीमा कटुवा पेस्तोल सहित पक्राउ परेका एक जनालाई कारागार चलान गरिएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का ३८ वर्षिय विकाश चौधरीलाई पूर्पक्षका लागि कारागार चलान गरिएको हो।
कैलाली प्रहरीले गत असार ३१ गते धनगढी उप–महानगरपालिका वडा नम्बर ५ राष्ट्र बैंक चोक नजिक उनको कोठामा कटुवा पेस्तोल, तीन राउण्ड गोली, चोरीमा प्रयोग हुने औजारी फेला पारेको थियो।
फरार रहेका उनलाई आईतबार चटकपुरबाट पक्राउ गरिएको कैलाली प्रहरीले जानकारी दिएको छ। चोरीका दुई मुद्दा र हातहतियार खरखजनामा उनलाई पूर्पक्षका लागि सोमबार कारागार चलान गरिएको हो।
उनले गत असार २३ गते तारानगरका विकास सिँहले सञ्चालन गरेको किराना पसलमा समेत चोरी गरेको प्रहरीले बताएको छ।