अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २४ गते
नेपालमा हट स्पोट बनेको काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि सार्वजनिक तथा निजी यातायातका साधन र व्यापार-व्यवसाय खोल्ने निर्णय गरिएको छ।

कडा रुपले भदौ ४ गतेदेखि लगाईएको निषेधाज्ञालाई काठमाडौं जिल्ला प्रशासनले खुकुलो बनाउने निर्णय गरेको हो।


बुधबार उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको हो।
तीन हप्तासम्म कडा रुपले निषेधाज्ञा लगाइएको काठमाडौं उपत्यकामा बिहीबारदेखि भने पसल र सवारी साधन पनि सञ्चालन हुने भएको छ । सार्वजनिक सवारी साधन अब जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन् ।