जबरजस्ती करणी गरेको आरोपमा कैलालीबाट ४ जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २५ गते

जबरजस्ती करणी गरेको आरोपमा कैलालीबाट ४ जना पक्राउ परेका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ४ स्थित डडेल्धुरा रेष्टुरेन्ट एण्ड बारमा २१ वर्षीया युवतीलाई बोलाएर जबरजस्ती करणी गरेको उजुरी पीडित पक्षले प्रहरीलाई दिएपछि उनीहरु आज पक्राउ परेका हुन्।

संचालक सन्जु पालले आफ्नो होटलमा बोलाएको र अरु तीन जना व्यक्ति समेतले जबरजस्ती करणी गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको थियो।

पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्त नगरपालिका ९ घर भएका धनगढी–४ स्थित होटल संचालक २० वर्षीय सन्जु पाल, डडेल्धुराको अमरगढी नगरपालिका–१ बस्ने २० वर्षीय हेमन्त दियाल, डडेल्धुराकै नवदुर्गा गाउँपालिका–२ बस्ने २४ वर्षीय दिपक भट्ट र अजयमेरु गाउँपालिका–१ बस्ने २१ वर्षीय टंक धामी छन्।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *