अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २५ गते
गण्डकी प्रदेशमा आज बिहान ३१ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

नबलपरासी जिल्लाका बिनयत्रिबेणी र कावासेतीबाट २१ जनामा कोरोना संक्रमितको पुस्टि भएको छ। तनहुँ जिल्लाका भानु भन्ने ठाउँबाट १० जना कोरोना संक्रमितको पुस्टि भएको छ। तनहुँ जिल्लाका १० जना मध्ये ५ जना सशस्त्र प्रहरीमा कार्यरत हुनुहुन्।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय ९५ पुगेको छ । सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ |