आज विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा पूजा मनाइदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १ गते

आज आश्विन संक्रान्तिका दिन आज विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउने गरिन्छ ।

आजका दिन फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिक्ने विश्वास छ । विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी पूजाआजा गर्ने चलन रहेको छ । विश्वकर्मा पूजाको अवसरमा वर्षभरी कुनै अप्रिय घटना नहोस् भनेर मेसिन तथा औजारहरुको पूजा गर्ने चलन छ ।

भगवान विश्वकर्माले नै देवताहरूका लागि अस्त्रहरू, भवनहरू तथा मन्दिरहरुको निर्माण गरेका थिए । उनले सृष्टिको रचनामा भगवान् ब्रम्हालाई सहयोग गरेका थिए ।

नयाँ सवारी साधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने प्रचलनसमेत छ ।

यातायात लगायतका फलामे औजारहरुलाई सजाउने र विश्वकर्माको मूर्ति वा तस्बिरमा पूजा गर्नुका साथै प्रसाद चढाउने गर्दछन् । झण्डै ६ महिनापछि आजदेखि लामो दूरीका सार्वजनिक गाडी चल्दैछन् । आज विश्वकर्मा पूजा गरेपछि गाडी चलाउने यातायात व्यवसायीले बताएका छन् । आजको दिनलाई वास्तुशास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *