अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता ,असोज ७ गते
मुलुकभर फैलिएको कोरोना संक्रमणका कारण अस्तब्यस्त बनेको समयको दुरुपयोग गरी लागू औषध कारोवारमा संलग्न रहेकी दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
आज २ बजेको समयमा इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले कृष्णनगर नगरपालिका वडा नं २ स्थित शान्ति पुनर्स्थापना गृहको चेक पोस्ट अगाडी लागू औषध ( चरेस ) बरामद गरेको छ l
नेपालबाट भारत तर्फ जादै गर्दा मकवानपुर मनहरी गाउँपालिका वडा नं ९ बस्ने वर्ष ४० कि शान्ति तामाडर जिल्ला दाङ त्रि.न .न पा ७ घर भइ हाल जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नं ९ बानियाभर बस्ने वर्ष ३५ की बस्ती घर्तिलाई चेक जांच गर्दा ३७ किलो लागू औषध ( चरेस ) बरामद गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले पत्रकार सम्मेलन गरि जानकारी दिनु भएको छ ।
लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा चलाइने इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनु भएको छ l