साढे ७ लाख बढिको अवैध सामान धनगढीबाट बरामद

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, असोज ११ गते

साढे ७ लाख बढि मुल्यको अवैध सामान धनगढीबाट सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी बंगराकटानको गस्ती टोलीले धनगढी उप–महानगरपालिका वडा नम्बर ९ को गौरी कटान ईलाका बाट सात लाख ६० हजार आठ सय मूल्य बराबरको अवैध सामान बरामद गरिएको जनाएको छ।

सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटर कैलालीले धनगढीबाट अवैध रुपमा ल्याउँदै गरेका लेडिज लेहगां, सुटपिस, कुर्ती र साडी लगायतका लेडिज कपडा बरामद गरिएको जनाएको छ।

बरामद गरिएका सामानहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीलाई बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *