काठमाडौं उपत्यकामा आज थपिए १९ सय ३५जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २९ गते

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ३५ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९ सय ३५ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ हजार ६ सय ९२ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय ८ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १ सय ३४ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ४९ हजार ६ सय ३८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *