अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २२ गते
बाँकेबाट १० किलो चार सय ग्राम लागुऔषध अफिमसहित जाजरकोटका एक व्यक्ति पक्राउ परेका छन्।
जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं. २ का ३७ वर्षीय तिलकबहादुर शाही बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नं. ८ रनियापुरबाट पक्राउ परेका हुन्।
जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले आशंका लागेर खान तलासी गर्ने क्रममा शाहीले बोकेको झोलाबाट उक्त परिमाणमा अफिम बरामद भएको जानकारी दिए।
शाहीको झोलाबाट ११ वटा प्लाष्टिकमा पेटी बनाइराखेको अवस्थामा अफिम बरामद भएको एसपीले बताए।
पक्राउ परेका शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।