अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २४ गते
स्याङ्जा प्रहरीले आइतवार बिरुवा गाँउपालिकाबाट अबैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले बिरुवा गाँउपालिका २ बेसारे डाँडा बस्ने बर्ष ३३ का भीमबहादुर गुरुङलाई हतियार सहित पक्राउ गरेको जानकारी दिए ।
विशेष सुराकीको आधारमा प्रहरीले गुरुङको घरगोठ खानतलासी गर्दा गोठमा काठको खलियामाथि सुकेको खरको घाँस र सुकेको मकैको डाठभित्र लुकाई राखेको अवस्थामा अवैध हतियार फेला परेको प्रवक्ता अधिकारीले बताए ।
प्रहरीले गुरुङले लुकाई राखेको अवस्थामा एक नाले बन्दुक १ थान, भरुवा बन्दुकको नाल २ थान, फलाम र सिसाको जस्तो देखिने छर्रा १२ थान र ५५ ग्राम बारुद बरामद गरेको छ ।
बरामद सामग्रीसहित गुरुङलाई पक्राउ गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर थप अनुसनधान भएको प्रहरीले जनाएको छ ।