पत्रकार ऋषि धमला पनि कोरोना पोजेटिभ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २४ गते

पत्रकार ऋषि धमलालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार गरिएको परीक्षणबाट धमलालाई कोरोना पुष्टि भएको हो। 

कोरोना पुष्टि भएपछि उनी काठमाडौंस्थित घरमै आइसोलेसनमा बसेका छन्। धमलाले कोरोना देखिए पनि स्वास्थ्यमा कुनै समस्या नरहेको जानकारी दिएका छन्।

कन्ट्याक्ट ट्रेसिङमा परेपछि धमलाले कोरोना परीक्षण गरेका थिए। र आज चेक गर्दा कोरोना पोजेटिभ देखिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *