तास खेलिरहेका ९ जना जुवाडे दुहबीबाट ७७ हजार नगद सहित पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २५ गते

तास खेलिरहेका ९ जना जुवाडेलाई नगद सहित इलाका प्रहरी कार्यालय दुहबीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३४ वर्षीय अनीश सिंह, ४२ वर्षीय संसद मिया, ४६ वर्षीय मङ्गल शाह, ३६ वर्षीय टेक बहादुर गिरी, ३८ वर्षीय आलम अन्सारी, ३४ वर्षीय दीपक अकेला, ५२ वर्षीय मो। मोक्तार, ४५ मो. हजरत मिया र सन्तोष बराल रहेका छन्। पक्राउ परेका सबै दुहबी ३ का हुन्। तास खेलिरहेको अवस्थामा खालबाट नगद ७७ हजार ७ सय १० रुपैयाँ सहित ३ बुक तास बरामद भएको थियो ।

दुहबी ३ मा आलम हुसेनको काठ फर्निचरको एक कोठामा तास जुवा खेल खेलिरहेको छन् भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी निरीक्षक घनेन्द्र हाङ खजुमको कमान्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरूलाई जिल्ला अदालत सुनसरीबाट दिन ७ म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *