अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर ११ गते
बिरामी बोकेको एउटा पिकअप भ्यान आज बिहान त्रिशूली नदीमा खसेको छ ।
प्यूठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गइरहेको लु १च ९७३१ नम्बरको पिकअप भ्यान चितवनको इच्छाकामना- ४ बाट विहान साढे ५ बजेतिर त्रिशुली नदीमा खसेको हो ।
भ्यानमा सवार चार जना मध्ये एकजना पौडी खेलेर निस्किएका छन् । प्युठान जिल्ला निवासी बर्ष ३८ को मुकुन्द बहादुर रोक्का नदीबाट पौडी खेली बाहिर निस्किएको प्रहरीले जनाएको छ । उनीसंगै भ्यानमा सवार उनको श्रीमति , छोरी र भ्यानको चालक बेपत्ता भएका छन् ।
प्युठान जिल्ला झिम्रुक गाउँपालिका १ बस्ने भ्यान चालक बर्ष २३ को सुर्य के।सी, सोही स्थान निवासी बर्ष ३३ की जमुना रोक्का र बर्ष १५ की जिनिसा रोक्का बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । बेपत्ताहरुको खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ ।