अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,मङ्सिर १२ गते
कञ्चनपुरमा घाँटीमा तारको पासो बेरिएको अवस्थामा १ जना मृत फेला परेका छन।
प्रहरीले कंचनपुर महेन्द्रनगरमा मृत भेटिएका युवकको हत्या भएको आशंका गरेको छ।
कंचनपुर प्रहरीले ती युवकको हत्या आशंकामा थप अनुसन्धान गर्न कैलाली धनगढीबाट तालिम प्राप्त कुकुर ल्याई परिचालन समेत गर्ने भएको छ ।
शरिरमा घाउ चोटपटक नभएको कारण के कति कारणले उनको मृत्यु भएको हो खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षकले बताए ।
साथै घटना सम्बन्धी थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता थापाले बताए ।