अनलाईन न्युजपाटी सप्तरी,समाचारदाता,मङ्सिर १३ गते
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा लागूऔषध बिक्री गर्दै आएका एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
सोही नगरपालिकाको वडा नम्बर १० इनर्वा बस्ने ३२ वर्षीय राजीव मण्डललाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय हनुमाननगर र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त प्रहरी टोलीले घर कोठा भित्र लुकाईछिपाई राखेको लागुऔषधसहित मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मण्डलले आफ्नै घरमा प्रतिबन्धित लागुऔषध राखी बिक्रीवितरण गर्न राखिएको गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले नाईट्रोसन ५१ ट्याबलेट, नाईट्राभेट ८३ ट्याबलेट , स्पास्मो प्रोसिभन ७५ क्पापसुल, डाईलेक्स डीसी १० बोतल र गाँजा १२५ ग्राम र उनले प्रयोग गर्ने मोबाईल १ थानसमेत बरामद गरेको छ ।
मण्डललाई लागूऔषध मुद्दामा म्याद थप गराई अन्य अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।