अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,मङ्सिर १४ गते
मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रको सार्वजनिक तथा संस्थागत विद्यालयहरु आइतबार (आज) मंसिर १४ गतेदेखि संचालनमा आएका छन् ।
सुन्दरहरैंचा नगरपालिका शिक्षा शाखाले सार्वजनिक र संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरुको भेला गराई विद्यालय सञ्चालन सम्बन्धी छलफल गरेर विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरिएको हो ।
कोरोना महामारी संक्रमणका कारण लामो समय विद्यालय बन्द हुँदा प्रत्यक्ष सिकाइ क्रियाकलाप अवरुद्ध भएकाले शिक्षा मन्त्रालयको कार्यढाँचाअनुसार आइतबारदेखि विद्यालय शुरु गर्ने निर्णय गरिएको हो ।
सुन्दरहरैंचा नगरपालिका शिक्षा शाखा अधिकृत लिलादेवि ओझाले निजी तथा सामुदायिक विद्यालय संचालनमा आउने बताउनुभयो । विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७ अन्तर्गत रहेको विकल्पहरु मध्ये आफ्नो विद्यार्थीको संख्या तथा उपलब्ध भौतिक पूर्वाधार व्यवस्थापनमा सहज हुने गरी विकल्प रोजेर उच्च सतर्कता साथ कक्षा सञ्चालन गर्न शिक्षा शाखाले निर्देशन गरेको हो ।
विद्यालयले विधार्थीको संख्या हेरेर दुरि कायम गरि एउटा ब्रेन्चमा एक जना विधार्थी र बढिमा दुई जना विद्यार्थी राखेर मात्र अध्यापन गराउनु पर्ने निर्णय भएको प्याब्सन मोरङका जिल्ला अध्यक्ष अर्जुन वस्नेतले बताए । पारित भएको कार्यढाँचा अनुसार आलोपालो गरि कक्षा संचालन गर्ने तयारी भएको साथै ससाना नानीहरुका लागि अवस्था बुझेर पछि कक्षा संचालनका लागि छुट्टै निर्णय गरिने जानकारी दिनुभयो ।