चिलसँग ठोक्किएपछि कैलाश एयरको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर १४ गते

कैलाश एयरको हेलिकप्टर चरासँग ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ। 

बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर चरासँग ठोक्किएपछि चालकले नुवाकोटमा आकस्मिक अवतरण गरेको प्रदेश ३ का प्रमुखले जानकारी दिए ।

आइतबार दिउँसो १:४० बजे हेलिकप्टर बेलकोटगढी नगरपालिका-६मा अवतरण भएको हो।

चरासँग ठोक्किएपछि हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको छ । उक्त हेलिकप्टरका यात्रु लिन अर्को हेलिकप्टर पठाइएको छ ।

हेलिकप्टरमा रहेका सबै ६ जना सकुशल रहेका छन्, एक जना यात्रुको घुँडामा सामान्य चोट लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *