छोरीलाई बलात्कार गरेको आरोपमा सर्लाहीबाट एक भारतीय नागरिक पक्राउ

अनलाईन न्युजपाटी सर्लाही,समाचारदाता,मङ्सिर १५ गते

सर्लाहीको हरिपुर नगरपालिका–६ लक्ष्मीपुर कोद्राहमा बस्ने एक व्यक्तिले आफ्नी ६ वर्षकी छोरीलाई पटक–पटक बलात्कार गर्दै आएको घटना सार्वजनिक भएको छ ।

लक्ष्मीपुरस्थित ससुराली घर भई ईटा उद्योगमा कार्यरत ती ३५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेपछि यो घटना बाहिर आएको हो ।

प्रहरीले घटना थाहा पाउने बित्तिकै भारत मुज्जफरपुरका ती पुरुषलाई शनिवार पक्राउ गरिसकेको छ । उनलाई आइतवार सर्लाही जिल्ला अदालतबाट जवरजस्ती करणी मुद्दामा ५ दिन म्याद थप गरी

अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी मदन कुँवरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *