झापाको दुई भिन्न स्थानबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,मङ्सिर १९ गते

झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट बिहिबार दिउँसो खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-५ बाट ९.५ ग्राम लागुऔषध ब्राउनसुगर सहित अर्जुनधारा नगरपालिका-६ का २५ बर्षीय आशिष थापालाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ  ।

यसैगरी, अर्जुनधारा नगरपालिका-९ बाट ३९ ग्राम लागुऔषध ब्राउनसुगर सहित बुद्धशान्ति गाउँपालिका-२ का २२ बर्षीय प्रिन्स खनाललाई पक्राउ गरेको कार्यालयले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेका दुवै जनाको समबन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *