अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,मङ्सिर २० गते।
कटुवा पेस्तोलसहित मोरङको सुनबर्सीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनबर्सी नगरपालिका वडा नम्बर ५ झुगी चोकबाट सोहि ठाउँका ४१ वर्षीय राज कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सुनवर्षीको झुँगी चोकबाट पक्राउ परेका मण्डलको साथबाट प्रहरीले एउटा कटुवा पेस्तोल, दुईवटा गोली, १९ हजार नगद र मोबाइल बरामद गरेको छ ।
भारतको भागलपुरबाट उनले बिक्रीका लागि पेस्तोल ल्याएको हुन सकने मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।
मण्डलविरुद्ध थप अनुसंधान भईरहेको र हातहतियार खरखजना ऐन अन्तर्गतको मुद्दा चलाउने प्रहरीले जनाएको छ ।