डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २१ गते।

डोटीमा जिप दुर्घटना हुँदा मृतकको संख्या ४ पुगेको छ ।

उपचार गर्न लैजाँदै गर्दा अर्का एक बालकको पनि मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । यसअघि तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

आइतबार राति डेढ बजे दिपायलबाट बोग्टानतर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जिप बोगटान फुड्सिल गाउँपालिका ७ मा दुर्घटना हुँदा मृतकको संख्या ४ पुगेको हो । भने ४ जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा बैतडी घर भएकी डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ की वडासचिव (नासु) २८ वर्षीया मन्जु त्रिपाठी, उनको ३ वर्षे छोरा मनिष अवस्थी र सासु आमा डम्मरी अवस्थी रहेकी छन् ।

दुर्घटनामा ग्लोबल आईएमई बैंकको बोगटान शाखामा कार्यरत सुरक्षा गार्ड टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट र जिप चालक कैलाश बम घाइते भएका छन् ।

जिप सडकबाट करिब दुई सय मिटर तल खसेको छ । घाइतेको उद्धार र शव संकलनको कार्य जारी छ । स्थानीय, गाउँपालिकाका कर्मचारी र प्रहरी उद्धारमा खटिएका छन् ।

जिप राति करिब १:३० बजे दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *