कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,मङ्सिर २५ गते।

कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ। 

पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीमा दुईवटा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।

से १ प ५५७८ र से ६ प ३७११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा धनगढी उपमहानगरपालिका–१९ का पुरन बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षकले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बोहोराको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। 

यस्तै दुर्घटनामा परी घाइते सोही मोटरसाइकलका चालक धनगढी उपमहानगरपालिका–१७ का रमेश बोहोराको कोहलपुरमै उपचार भइरहेको छ। 

अर्को मोटरसाइकलका चालक धनगढी उपमहानगरपालिका–१५ का हुकुमसिंह खत्री र पछाडी सवार लिलु चौधरीको पनि घाइते भएका छन्। 

उनीहरुको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *