अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २५ गते।
सर्लाहीका उखु किसानले काठमाडौंमा केन्द्रित आन्दोलनको घोषणा गरेका छन् ।
चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै मंसिर २८ गतेदेखि माइतीघर मण्डलामा आन्दोलन थाल्ने घोषणा गरेका हुन् ।
सरकारले किसानसँग गरेको पटक पटकको बाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बक्यैता प्राप्त गर्नपर्ने भएपनि एक वर्षको अवधिमा कुनै प्रगति नभएको मिश्रले गुनसो गरे ।
सरकारले किसानसँग पटक पटक सम्झौता गरेपनि त्यसको कार्यान्वयन नभएपछि निर्णायक आन्दोलन गर्न बाध्य हुनु परेको किसानहरुले बताए ।
माइतीघरबाट निकास ननिस्किए चरणबद्ध रुपमा सिंहदरबार र बालुवाटार घेर्नेसम्मको आन्दोलनका लागि किसानहरु तयार भएको किसानहरुले बताए ।