अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,मङ्सिर २५ गते।
विराटनगर – ९ जलजलामोडस्थित ‘वाइट हाउस’ को गोदाममा प्रहरीले छापा हानेर ठूलो परिमाणमा कपडा बरामद गरेको छ ।
मोरङ प्रहरीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो कपडाको व्यापार गर्ने ‘वाइट हाउस’को गोदाममा छापा हानेर झण्डै एक गाडी कपडा बरामद गरेको हो ।
भारतबाट तस्करी गरि ल्याएको कपडा भण्डारण गरेको आशंकामा प्रहरीले छापा मारेको थियो ।बरामद भएको कपडा प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ । हावाइट हाउस बरुण साहले सञ्चालन गरेको पसल हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादु राईले बरामद कपडा बारे अनुसन्धान भइरहेको बताए ।