बाजुरामा बुधबार साँझ जीप दुर्घटना हुँदा ८ जना घाइते

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,मङ्सिर २५ गते।

बाजुराको पूर्वी उत्तरी भेगका बुढीनन्दा नगरपालिका–१ मा बुधबार साँझ जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। 

हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टी आउँदै गरेको से१ज ३१० नम्बरको जीप बर्तोलामा दुर्घटना हुँदा ८ जना घाइते भएको इलाका प्रहरी चौकी कोल्टीले जनाएको छ।

धुलाचौरबाट विवाहको जन्ती बोकेर आएको उक्त जीप दुर्घटना हुँदा मुगुको खत्याड गाउँपालिका–२ का ३७ वर्षीय टेकबहादुर बुढा र सोही गाउँपालिकाका ३७ वर्षीय जयबहादुर बुढा घाइते भएका छन्। 

यस्तै दुर्घटनामा परी बाजुराको बुढीनन्दा नगरपालिका–३ का ३२ वर्षीय भीमबहादुर बुढा, सोही नगरपालिकाका १६ वर्षीय दिपेन्द्र बुढा, ३८ वर्षीया गंगा बुढा, २२ वर्षीया सविना बुढा, १८ वर्षीया सुस्मिता बुढा र बडीमालिका नगरपालिका–७ का तामांगकान्देन थापा समेत घाइते भएको प्रहरीले जनाएको छ।

घाइते भएका सातै जनाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। दुर्घटनामा परी घाइते भएका यात्रुका अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *