अनलाईन न्युजपाटी काठमाडौं,समाचारदाता,मङ्सिर २९ गते।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।
दिउँसो : प्रदेश नं १ लगायत देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भु-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।
राती: प्रदेश नं १ लगायत देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।
तराईका अधिकांश भूभागहरुमा बिहान वायुको पारदर्शितामा कमी आई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । तराईका जिल्लामा भिजिविलिटी कम हुँदा विहानको समयमा सडक तथा हवाई यातायात केही समय प्रभावित हुने गरेको छ ।